Logo

मिर्गौलापीडितलाई आर्थिक सहयोग



काठमाडौँ,६ मङसीर । दुवै मिर्गौलापीडित डिलबहादुर सार्की नेपाली लाई राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ ।

पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उनको निवासमा पुगी बुधबार उक्त मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम प्रदान गरेको जनाएका छन । निर्माण व्यवसायी नेपालीको गत चैतमा उच्च रक्तचापका कारण दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले फिष्टेल अस्पतालमा उपचार गराइ रहेको जनाइएको छ । पचारका क्रममा अहिलेसम्म रु चार लाख खर्च भइसकेको बताउँदै उनकी श्रीमती सुमित्रा नेपालीले सहयोगका लागि सबैसँग आग्रह गरेकि छन ।



प्रतिक्रिया दिनुहोस्