Logo

‘ह्वावे’ संस्थापककी छोरीसंगको मद्दामा ट्रम्पले हस्तक्षेप गर्न सक्ने



काठमाडौँ,२६ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय कार्यकारी मङ्ग वान्जूको मुद्दामा हस्तक्षेप गर्न सक्ने संकेत दिएका छन्। देशको लागि जे राम्रो हुन्छ म त्यही नै गर्छु ट्रम्पले भने।

४६ वर्षिय मङ्ग ह्वावेकी संस्थापककी छोरी हुन्। उनीविरुद्ध प्रतिबन्धहरुको बेवास्ता गर्दै इरानलाई टेलिकम सामाना बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ। अमेरिकाले सुपुर्दगी गर्न अनुरोध गरेपछि गत उनी डिसेम्बर १ तारिखमा भ्यान्कुबरमा पक्राउ परेकी थिइन्। त्यो कदमले कूटनैतिक तनाव बढाएको थियो।मङ्गले ती आरोपहरू अस्वीकार गर्दै आएकी छिन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने योजना बनाइएको छ।

क्यानाडाको एक अदालतले चिनिया टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा छोड्न आदेश दिएको छ। रोयटर्स समाचार संस्थासँगको अन्तर्वार्तामा ट्रम्पले भने चीनसँग व्यापार सम्झौता हुने अवस्थामा उनले अमेरिकी न्याय मन्त्रालयले हेरिरहेको मङ्ग विरुद्धको मुद्दामा आफूले हस्तक्षेप गर्न सक्ने संकेत दिएका हुन्।

ट्रम्पले भने, मेरो विचारमा अब हुन लागेको ठूलो व्यापारका लागि त्यो कदम राम्रै हुनेछ। त्यो महत्त्वपूर्ण कुरा हो। त्यो देशको सुरक्षाको लागि राम्रो हुनेछ। मलाई राम्रो लागेमा म अवश्य पनि हस्तक्षेप गर्नेछु।क्यानडका न्यायाधीशले मङगबाट ७५ लाख डलर धरौटी लिने र खुट्टामा ुइलेक्ट्रोनिक ट्यागु अर्थात विद्युतीय उपकरणसहित उनी निरन्तर निगरानीमा रहनु पर्ने आदेश दिएका छन्।उनको अमेरिका सुम्पने प्रक्रिया पूरा हुन वर्षौँ लाग्न सक्छ।

उनी पक्राउ परेपछि चीनमा आक्रोशहरू व्यक्त भएका थिए। उनलाई नछोडिए गम्भीर परिणामहरू हुने चेतावनी चीनले दिएको थियो।अर्कोतिर क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा एक पूर्व क्यानडाली कूटनीतिज्ञलाई हिरासतमा लिइएको सम्बन्धमा आफूले बेइजिङबाट जबाफहरू खोजिरहेको बताएका छन्।

माइकल कोभ्रिङ इन्टरन्याशनल क्राइसिस ग्रुप नाम गरेको नीति अनुसन्धान संस्थामा काम गर्दछन्।क्यानडाका एक मन्त्रीले उनको गिरफ्तारी र मङ्ग वान्जू पक्राउ पर्नुबीच सीधा सम्बन्ध भए नभएको अझै प्रष्ट भइसकेको छैन।अमेरिकी विदेश मन्त्रालयले पनि कोभ्रिङलाई नियन्त्रणमा लिने कदमप्रति चिन्ता व्यक्त गर्दै चीनलाई मानिसहरूलाई जथाभाबी पक्रिने क्रम रोक्न आह्वान गरेको छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्

Screenshot