Logo

ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक



काठमाडौं, २ पुस । लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ । गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे ।

ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो । गएराती बार्साका लागि लुइस सुवारेज र जेरार्ड पिकेले एक एक गोल थपे ।

गएरातीको जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँग तीन अंकको दूरी बनाएको छ । बार्सिलोनाको ३४ अंक छ भने सेभियाको ३१ अंक छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्