Logo

रमित ढुंगानाले एउटै चलचित्रमा १८ लाख पारिश्रमिक लिएको खुलासा !



काठमाडौं, १५ माघ । नायक रमित ढुंगानाले एउटा चलचित्रको लागि महँगो पारिश्रमिक लिएको खुलासा भएको छ । आगामी चैत्रको पहिलो साताबाट छायांकन सुरु गर्ने एक चलचित्रको लागि नायक ढुंगानाले १८ लाख रुपैयाँ लिएको खुलासा भएको छ ।

पछिल्लो समय नायकहरुले महँगो पारिश्रमिक लिईरहेको हल्ला भैरहेको बेला नायक ढुंगानाले पनि आफूलाइ महँगो पारिश्रमिक लिने नायकको क्लबमा दर्ज गराएका छन् ।

सूत्रहरुले दिएको जानकारी चर्चित निर्मात्री सुरु राईको ‘किराँती ईन्टरटेनमेन्ट’ ब्यानरमा निर्माण हुन लागेको एक चलचित्रमा ढुंगानाले १८ लाख पारिश्रमिक लिनेगरि यही माघ १४ गते काठमाडौंमा सम्झौता गरेका छन् ।

चलचित्रको नाम र को–को कलाकारहरुको अभिनय रहन्छ भन्ने कुरा निर्माण पक्षले अहिले बाहिर ल्याएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot