Logo

युरोपा लिग फुटबल : चेल्सीद्धारा माल्मो पराजित



काठमाडौं, ३ फागुन । युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी विजयी भएको छ । गएराति भएको नकआउट चरणको पहिलो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई २–१ ले हरायो ।

चेल्सीका लागि ओलिभर जिरु र रोस बार्क्लेले एक–एक गोल गरे । गत आइतबार भएको प्रिमियर लिगको खेलमा म्यान्चेस्टर सिटीसँग ६–० ले हारेको चेल्सीलाई गएरातिको जितपछि केही राहत मिलेको छ ।

युरोपा लिग फुटबलकै अन्य खेलमा स्पेनको सेभियाले इटालीको लाजियोलाई १–० ले हराउँदा भ्यालेन्सियाले सेल्टिकमाथि २–० को तथा भियारियालले स्पोर्टिङमाथि १–० को जित निकाल्यो ।

यसैगरी ईटालीको नापोलीले स्विट्जरल्याण्डको एफ.सी. ज्यूरिचलाई ३–१ ले हराउँदा ईन्टर मिलानले अस्ट्रियाको र्‍यापिड वेईनलाई १–० ले पराजित गर्‍यो ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot