Logo

कांग्रेसको एक वर्ष आलोचनामै सीमित, कस्तो रह्यो प्रतिपक्षको भूमिका ?



फागुन ३, काठमाण्डौ । निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको नेपाली कांग्रेस संघ तथा ७ वटै प्रदेशमा प्रतिपक्षको भूमिकामा छ । सरकारले एक वर्षमा केही पनि काम गरेन भनेर आरोप लगाउने प्रतिपक्ष दलको भूमिका चाँही कस्तो रह्यो त ?

निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको नेपाली कांग्रेस संघ तथा ७ वटै प्रदेशमा प्रतिपक्षको भूमिकामा छ । संघमा संघीय समाजवादी फोरमलाई साथ लिएर नेकपाले सरकारको नेतृत्व गरेको छ । प्रदेश दुईमा फोरमले नेतृत्व गरेको छ भने अन्य ६ वटा प्रदेश सरकार नेकपा कै छन् ।

संघमा मात्र होइन कांग्रेस प्रदेशमा पनि निकै कमजोर अवस्थामा छ । सरकारले यो एक बर्षमा जति सुस्त गतिमा काम ग¥यो त्यो भन्दा कांग्रेस झन् भूमिका निर्वाह गर्नमा कमजोर देखियो । किनकी सरकारको काम कारवाहीमा खबरदारी गर्ने र संसद भनेकै प्रतिपक्षको हो । तर, कांग्रेस सरकारका अपरिपक्क निर्णयमा पनि ठोस भूमिका निर्वाह गर्न सकेन ।

कांग्रसले कन्ञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण होस् या डाक्टर गोविन्द केसीको पटक–पटक अनसनमा अरुले नै सुरु गरेको आन्दोलनमा सहभागिता जनायो । सरकारले पटक–पटक गरेका निर्णय बिवादित बन्दा समेत कांग्रेसले आफनो धारणा स्पष्टसँग दिन सकेन । बिश्व राजनिति अभ्यास लाई नै मात खुवाउदै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सरकारले अघि सारेको निति तथा कार्यक्रम लाई सर्मथन ग¥यो ।

निर्वाचनमा नराम्ररी पराजित भएपछि राम्ररी तंग्रिन नसकेको तर सबै ऊर्जा आन्तरिक विवादमै खर्च गर्नुपर्दा शिथिल प्रायः देखिएको काग्रेसले सरकारले गरेका कमी कमजोरी समेत केलाउन सकेन । यो एक बर्ष कांग्रेसले आन्तरिक किचलोमै बितायो । कसरी निर्वाचनमा पराजित भइयो भन्ने विवादमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको आरोप प्रत्यारोपले नै सरकारका काममा चासो दिने फुर्सद पाएन कांग्रेसले । सरकारका काम कारवाहीमा निगरानी राख्न छायाँ सरकार बनाउने घोषणा गरेको कांग्रेसले त्यो पनि गर्न सकेन ।
कांग्रेस भन्दा पनि सत्तापक्षीय नेताहरु नै सरकारले गरेका काम कारवाहीको तिब्र आलोचना गरे । संसदमै नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले देश बचाउन माझी दाई गुहार गरे ।

संसद प्रतिपक्षको भएपनि उसले संसदमा प्रभावकारी भूमिका निर्बाह गर्न सकेन । सातै प्रदेशमा प्रतिपक्ष रहेको कांग्रेस न त प्रदेशमा प्रभावकारी भूमिका देखाउन सक्यो न त संघमा । निर्वाचनताका कांग्रेसले जारी गरेको घोषणा–पत्रमा उल्लेख गरेका विषयबस्तु यो एक बर्षमा कतै उठाएको देखिएन ।

कमजोर प्रतिपक्ष भएकै कारण होला सत्तापक्षीय नेकपाले कांग्रेससँगको सहकार्य र छलफल गर्न चाहेन । दुई तिहाई बहुमत प्राप्त र समृद्ध नेपाल सुखी नेपाली नारा बोकेको सरकारले अन्य दलको साथ र सुझाव लिएर बिकासमा फड्को मार्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्