Logo

कांग्रेस सांसदले किन गरे पुशपति शर्मालाई २५ हजार दिने घोषणा ?



काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले चर्चित लोक गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

शर्माको पछिल्लो गीत “लुट्न सके लुट कान्छा’ को प्रशंसा गर्दै सांसद सिंहले यस्तो घोषणा गरेका हुन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरे।

गीत अत्यन्तै सान्दर्भिक बनेको भन्दै उनले प्रशंसा गर्ने क्रममा २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन । बैठकमा बोल्ने क्रममा उनले गायक शर्मालाई जनगायकको संज्ञा समेत दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot