Logo

बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य छैन : प्रधानमन्त्री ओली



काठमाडौं, २८ फागुन ।प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्।

नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले आज यस्तो बताएका हुन् । यही फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा टोलीले प्रधानमन्त्री ओलीको ध्यानआकर्षण गराएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको जिकिर गरेका थिए । उनले भने,‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के कालागि वार्ता गर्ने? उनीहरूले गरेका क्रियाकलाप राजनीतिक हुन्? बम पड्काउने,आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्, जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरूसँग के को वार्ता? उनीहरूलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot