Logo

विप्लवमाथि प्रधानमन्त्री ओली झन आक्रामक, नडराउन आग्रह (फोटोफिचर)



काठमाडौं, २९ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कार्वाही गर्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पारे । उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे । लुटेरा गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानुन बमोजिम कार्वाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मूलधारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँड्ने अधिकार कसैलाई पनि नरहेको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले देशको हित र कानुनको रित अनुसार काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गरे ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot