Logo

विष्णु पौडेलले मुख खोले : जग्गा विवादमा संलग्नता छैन



काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैरकानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाएका छन् ।

महासचिव पौडेलले आज विज्ञप्ति जारी प्रचलित कानुन बमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरीदबिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जनाएका हुन् ।

कतिपय सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित/प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित/प्रसारित भएकोमा दुःख लागेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot