Logo

पक्षघातपछाडि फिजियोथेरापीले जीवन परिवर्तन गर्न सक्छ : डा.प्याट्रिसिया



ललितपुर, ११ बैशाख । काठमाण्डौ विश्वविद्यालय मेडिकल स्कुलकि प्राध्यापक डा. प्याट्रिसिया इ सुलिभनको उपस्थितीमा नेपाल मेडिसिटी अस्पतालमा पक्षघात तथा कम्मर पछाडिको दुखाइका लागि फिजियोथेरापी विषयक विशेष अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको छ ।

करिब ५० भन्दा बढि फिजियोथेरापिष्ट सहभागि रहेको सो कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीहरुले समेत सहभागिता जनाएका छन् ।
विभिन्न राष्ट्र तथा क्षेत्रकि अनुभवी डा.प्याट्रिसियाले चेतनामूलक कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालमा भने पक्षघात तथा कम्मर पछाडिको भागलाई आवश्यक पर्ने फिजियोथेरापी सम्बन्धि प्रशिक्षण दिनुभएको छ ।

नेपाल मेडिसिटी अस्पतालको फिजियोथेरापी विभागकि प्रमुख डा.मञ्जु ज्ञवालीले यस प्रशिक्षण कार्यक्रमले धेरै सहयोग पुगेको बताउनु भएको छ । उहाँले यस कार्यक्रमले फिजियोथेरापिष्टहरुलाई धेरै टेवा पुगेको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, सहभागीहरुले कार्यक्रममा सहभागी भई लाभान्विन भएको अनुभव साटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot