Logo

सरकारबाट बाहिरिने तयारीमा समाजवादी पार्टी



काठमाडौं ३ असार । नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सरकार छाड्ने मुडमा पुगेको हो । नेकपा नेतृत्वको सरकारले आउँदो चार वर्षसम्म संविधान संशोधन नगर्ने समाजवादीको बुझाइ छ ।

संविधान संशोधन नभए सर्त राखेर सरकारबाट बाहिरिनेगरी एकता गरेको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले बताए । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot