Logo

कृषक चढेको जीप दुर्घटना, चारको मृत्यु



धादिङ, ६ असार । तरकारी विक्री गर्न वैरेनी बजारतर्फ गइरहेका किसान चढेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिकाको बाझगाउँमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

कार्कीगाउँबाट तरकारी उत्पादक तथा विक्रेता कृषक चढेको बस बैरेनीतर्फ गइरहँदा सडकबाट २० मिटर तल खसेको थियो । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

जीपमा क्षमताभन्दा बढी यात्रु र भारी रहेकाले अनिन्त्रित भई खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot