Logo

गलबन्दीले लियो जातीय रुप



काठमाडौं, १० असार । गलबन्दी च्यातियो बोलको गीतले जातीय रुप लिएको छ । संसदमा यो गीतलाई लिएर दलित समुदायमाथि मानमर्दन गर्ने गतिविधि भएको भन्दै सांसदहरुले आवाज उठाएका छन् ।
गीतको संगित मिलेको नाममा संगितकार प्रकाश सपूतको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यसैलाई लिएर घटनाले जातीय रुप लिन थालेको छ ।

समस्त दलित समुदायको अपमान भएको भन्दै सत्तारुढ र विपक्षीका दलित सांसदहरुले दोषीमाथि कारबाहीको माग राखे । पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले गलबन्दी च्यातियो गीतका संगितकार प्रकाश सपूतको बचाऊ गरे । उनले लोकभाकाको सर्जक कुनै एक व्यक्ति हुने नभई पुस्तामा हस्तान्तरण हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीकी सांसद विमला विकले दलितको अपमान हुँदा सरकार मूकदर्शक बनेको आरोप लगाइन् । उनले भनिन्,शम्भु राईलाई समर्थन गर्ने नाममा मानमर्दन गर्नेमाथि अबिलम्ब कारबाही होस् ।
नेकपा सांसद महेश्वरजंग गहतराजले दलित समुदायको मानमर्दन गर्नेहरुले आपराधिक कार्य गरिरहेकाले सरकारले कडा कदम चाल्नुपर्ने माग गरे ।

शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ गीतको संगित गलबन्दी च्यातियो बोलको गीतसँग लय भाका हुबहु भएपछि बजार तात्तिएको छ । किराती समुदायले गलबन्दी च्यातियोका संगितकारले नियतवश लय भाका हुबहु बनाएको ठहर गर्दै विज्ञप्ति जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot