Logo

यौनकाण्डबारे सोध्दा ट्रम्प कड्किए



लेखिकालाई जर्बजस्ती पक्रेर लुगा खोली बलात्कार गरेको आरोप लागेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा मुछिएका छन् । इले म्यागजिनकी स्तम्भकार समेत रहेकी इ. जिन क्यारोलले सोमबार मात्र सार्वजनिक रुपमा ट्रम्पले गरेको यौन दुव्र्यवहारको वर्णन गरेपछि ट्रम्पले आफूमाथि लागेको आरोपको जवाफ केही घन्टाभित्रै अन्तवार्तामार्फत् दिए ।

सोमबार दी हिलसँग अन्तवार्ता दिदै ट्रम्प कड्किएका छन् । उनले त्यस्तो कहिले नहुने जवाफ दिए । उनले भने, तिनी मेरो प्रकारको होइन् र त्यस्तो कहिले हुँदैन । महिलाले अन्तवार्तामा आफू जस्तै स्वभावको हुँदो हो त ट्रम्पले दुव्र्यवहार गर्दैनथिए भनेकी थिइन् । ट्रम्पले सोही शैलीमा जवाफ दिएका छन् ।

सन् १९९० मा भएको भनिएको घटनामा ट्रम्पमाथि क्यारोललाई न्युयोर्कको मानहट्टनको डिपार्टमेन्टल स्टोरमा पक्रेर भित्तामा टाउको ठोकेर कपडा फुकाली बलात्कार गरेको आरोप छ । उक्त घटनाबारे क्यारोलले ह्वाट डु वी निड मिन फर ? पुस्तकबारे उल्लेख गरेपछि तरंग आएको छ ।

ट्रम्पमाथि यसअघि पनि धेरै महिलामाथि यौन दुव्र्यवहारको आरोप लाग्दै आएको छ । तर, पर्याप्त प्रमाणको अभावमा आरोपहरु निराधार ठहरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot