Logo

जो चार–चार बच्चा जम्माउदै ३८ सन्तानकी आमा बनिन्



काठमाडौँ, असार १० । सुन्दा अचम्म लाग्न सक्छ तर युगाण्डामा एक महिलाले पटक–पटक जम्ल्याह, तिम्ल्याह र चम्ल्याह गरेर ४४ जना सन्तानको जन्म दिएकी छन ।

१२ वर्षको उमेरमा विवाह नै विवाह बन्धनमा बाँधिन पगेकी ३९ वर्षीय मरियम नाबातान्जी नाम गरेकी ति महिलालाई आफ्नो श्रीमानले ३ वर्षअगाडि छाडेर गएपछि हाल जिउँदो रहेका ३८ जना सन्तानलाई एक्लै रेखदेख गर्दे आएको समाचारहरुमा जनाइएको छ ।

सानै उमेरमा विवाह गरिकी उनले पहिलो बच्चा जन्माउदा नै जुम्ल्याह बच्चा जन्माए पछि डाक्टरको सल्लाह लिन पुगेकि थिइन ।डाक्टरले उनको अण्डाशय असामान्य ठूलो रहेको र गर्भनिरोधक औषधि प्रयोग गरे स्वास्थ्यमा नकारात्मक असर पर्ने जानकारी गराएका थिए । त्यसपछि निरन्तर सन्तानहरु जन्माई दिईन । हाल उनी आफ्ना ३८ सन्तानसँग युगान्डाको काम्पालाको ५० किमि उत्तरमा रहेको एक कफी खेतीले घेरिएको स–साना ४ वटा घरमा बस्दै आएकी छन् ।

आफ्नो श्रीमानले दुःखको अवस्थामा छाडेर गएको कारण आफ्ना सन्तानको रेखदेख गर्नलाई निकै गाह्रो भएको उनको भनाई रहेको छ । आफूसहित आफ्ना सन्तानहरुको जीवनयापनको लागि उनी कपाल काट्ने, विभिन्न कार्यक्रमहरुको सजावट गर्ने, पुराना फलाम तथा धातुहरु संकलन गरेर बिक्री गर्ने, आयुर्वेदिक औषधि बिक्री गर्ने, स्थानिय मदिरा बनाएर बिक्री गर्ने जस्ता विभिन्न काम गर्छिन् ।

यसरी कमाएको पैसा सबै खाना, औषधि उपचार, स्कूल फि तिर्न र लत्ता कपडाको लागि खर्च हुने गरेको उनी बताउँछिन् । आफ्नी आमाले अत्यन्त दुःख गरेको र आफूले पनि आमालाई घरयासी काममा सघाउँदै आएको कुरा उनका जेठी सन्तान २३ वर्षीय किबुकाले बताइन् ।

आफ्नो बचपनदेखि नै कठोर दुःख सहँदै आएकी नाबातानजीको सबैभन्दा ठूलो इच्छा अब उनीहरूका छोराछोरीलाई खुसी राख्नु हो । ‘मैले प्रारम्भिक चरणमा वयस्क जिम्मेवारी लिन थालेँ, ‘उनले भनिन्, ‘म जन्मेको दिनदेखि नै कहिल्यै खुशीको अनुभव बारेको छुइँन ।’एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot