Logo

खेतमा सन्नी लियोन फोटो राख्दा किसानलाई भयो फाइदा



काठमाडौं, असार १० । भारतको आन्ध्र प्रदेशमा एक किसान खेतमा बिकिनी लगाएकी सन्नी लियोनको पोस्टर राखेर चर्चामा छन ।

त्यसो त उनले कुनै महिलाले लगाउने भित्रि वस्त्रको विज्ञापन गर्न उक्त पोस्टर लगाएका भने होईनन् । खासमा उनले उक्त पोस्टर खेतमा लगाएपछि आफ्नो कृषक उत्पादनहरु बढेको दाबी गर्दे आएका छन ।

दक्षिण भारत स्थित नेल्लोर जिल्लाको बान्दा किन्दीपल्ली गाउँका किसान ए चेंचू रेड्डीले फसल बर्बाद हुनबाट बचाउन लियोनको उक्त पोष्टरले महत्व पुर्ण भूमिका निभाई रहेको बताउदै आएका छन ।

पोस्टरमा तेलुगु भाषामा लेखिएको छ, ‘मेरो डाह नगर ।’सन्नीको पोस्टर लगाएपछि मानिसहरूले त्यही पोस्टर हेर्ने गरेको र जसका कारण आफ्नो उत्पादन माथी कुदृष्टि नलागेको उनको भनाइ छ ।

आफ्नो खेत सडकछेउमै भएकाले आउनेजाने मानिसले खेतको फसलमा आँखा लगाइदिएर बर्बाद गरिदिएको उनको धारणा रहेको छ । उनले आँखा नलागोस् भनी अनेकौं जादूटुना गरेको भएपनि काम लागेन तर सन्नीको फोटो लगाएपछि भने आज भोली उनले आनन्दको स्वास फेर्न पाएको जनाएका छन ।

जति परिश्रम गरेपनि आफ्नो मेहनतको मुल्य नपाईरहेका किसानलाई उनका साथीले साथीले सन्नीको तस्वीर राख्न लगाए । त्यसपछि त मानिसहरू सन्नीलाई हेर्न थाले, फसलतिर ध्यान दिनै छोडे ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot