Logo

पृथ्वी जस्तै छ शनि ग्रहको चन्द्रमा, नासाले ड्रोन उडाउने



शनि ग्रहको चन्द्रमामा ड्रोन उडाइने भएको छ । नासाले सन् २०३४ मा ड्रोन हेलिकोप्टर उडाउने गरी तयारी गरेको छ ।

शनीको चन्द्रमा टिटानमा ड्रोन उडाउन एक अर्ब अमेरिकी डलर अर्थात् एक खर्ब नेपाली रुपैयाँ खर्च लाग्ने भएको छ । ड्रोन सन् २०२६ मा प्रक्षेपण गरिनेछ । आठ वर्ष लामो यात्राबाट टिटानमा पुग्नेछ ।

टिटानमा पृथ्वीमा जस्तै नदी, समुन्द्र, ताल र हावा रहेको छ । यसमा आफ्नो मौसमीय चक्र चल्छ । टिटानमा हिमा पनि रहेको छ ।

टिटानमा ड्रोन हेलिकोप्टर उडाउने नासाको महत्वाकांक्षी योजना हो । उसले पृथ्वी बाहिर समेत अन्तरीक्ष यान पठाएर अध्ययन अगाडि बढाइरहेको छ ।

टिटान शनि ग्रहबाट मात्र १२ लाख किलोमिटर टाढा छ । यो पृथ्वीको चन्द्रमाभन्दा झण्डै दोब्बर ठूलो छ । Photo: The Atlantic



प्रतिक्रिया दिनुहोस्

Screenshot