Logo

भारतको चन्द्रयान-२ को चन्द्रलोक यात्रा हुँदै



१५ जुलाईको सन् २०१९ भारतको इतिहासकै अविस्मरणीय दिन हुनेछ । भारतले चन्द्रमामा चन्द्रयान २ यान पठाउँदैछ । १५ जुलाईको विहान दुई बजेर ५१ मिनेटमा प्रक्षेपण हुने यान लामो प्रयासपछि भारतले पठाउन लागेको हो

चन्द्रमामा यान पठाउन लागेसँगै भारत चन्द्रमाको नयाँ दौडमा सहभागी भएको छ । चन्द्रमामा यान अवतरण भएमा भारत चन्द्रलोकको दौडमा सहभागी अमेरिका, रुस र चीनपछि चौंथो मुलुक बन्नेछ ।

भारतले चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । यो सफल भएमा चीनपछि भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने दोस्रो देश बन्नेछ । उक्त क्षेत्रमा पानी रहेको अनुमानका आधारमा अन्वेषणहरु हुन थालेका छने ।

चन्द्रमामा मानवको पाइला परेको ५० औं वर्षका अवसरमा भाारतले चन्द्रयान-२ प्रक्षेपण गराउन लागेको हो । भारत अन्तरीक्षको प्रतिष्पर्धामा देखिइसकेको छ । उसको चन्द्र मिसन सफल भएमा पृथ्वीभन्दा टाढासम्म भारतको संलग्नता देखिनेछ ।

भारतले चन्द्रमामा मानव पाइला टेक्ने गरी तयारी थालिसकेको छ । उसले अन्तरिक्षको दौडलाई गति दिइरहेको छ ।

चन्द्रयान-२ को प्रक्षेपण अघि भारतीय सञ्चारमाध्यमहरुले उच्च प्राथमिकताका साथ समाचार प्रकाशन र प्रसारण गरिरहेका छन् । यसलाई भारतको इतिहासकै महतवपूर्ण क्षणका रुपमा प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot