Logo

ओली आफैं सुध्रिने, मन्त्रीहरुलाई पनि वार्निङ !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफ्नै नेतृत्वको सरकारको निर्मम समिक्षामा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार ओलीले सरकारले पछिल्लो समय एकपछि अर्कोगरि जनस्तरबाट चर्को आलोचना व्यहोर्नुमा मन्त्रीहरु मुख्य दोषी भएको निश्कर्ष निकालेका छन् । तर, यसमा आफ्नो पनि केही कमिकमजोरी भए त्यसलाई सुधारेर जाने ओलीको तयारी छ ।

विभिन्न विद्येयक ल्याउँदादेखि नै ओली सरकार विवादित बनेको थियो । गुठी विद्येयक त फिर्ता नै लिन सरकार बाध्य भएको थियो । आफ्नै पार्टीका शीर्ष नेताहरुले पनि सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन् । बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले समेत सरकारले महत्वपूर्ण निर्णय गर्दा आफूहरुसँग सरसल्लाह नगरेको कुरा सार्वजनिक रुपमै आलोचना गर्दै आएका छन् । भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण प्रकरणमा त प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै माफी माग्नु परेको थियो ।

त्यस यता ओलीले मन्त्रीहरुकै कारण आफूले बेईज्जति सामना गर्नु परेको निश्कर्ष निकालेका छन् । अब बस्ने स्थायी समितिको बैठकलगत्तै केही मन्त्रीहरुलाई हटाउने तयारीमा पार्टीका अध्यक्षद्धय ओली र प्रचण्ड पुगेको पनि नेकपा स्रोतको दाबी छ । यसअघि पनि मन्त्रिमण्डल हेरफेरबारे हल्ला नचलेको होईन । तर, प्रधानमन्त्री ओलीले नै उक्त हल्लाको खण्डन गर्दै तत्काल कोही पनि मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेक थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot