म्यानमाको उत्तरी क्षेत्रको अके छीमा नक्कली मृत्युपछिको संस्कार हुन्छ । त्यो पनि बालबालिकाको ।
युवा र केटाकेटीलाई त्यहाँको सशस्त्र समूहले लान थालेपछि अभिभावकले छोराछोरीलाई मरिसकेको देखाउन मृत्यु संस्कार नक्कली तरिकाले गर्न थालेका छन् । उनीहरुले नक्कली मृत्यु संस्कारको भिडियो समेत रेकर्ड गरी सशस्त्र समूहलाई देखाएर फर्काउने गरेका छन् ।
जमिन खन्ने र गाडेको जस्तो भिडियो र तस्वीर खिच्ने सम्मको गर्दछन् । त्यसपछि उक्त युवायुवतीको नाम घरबाट हटाउँदछन् ।
सशस्त्र समूहहरु युवालाई विद्रोही सैनिकमा भर्ती गर्न खोज्दै हिंड्छन् । कुन घरमा कुन युवायुवती युद्ध लड्न सक्ने अवस्थाका भए भनी लान थालेका छन् । अभिभावक सशस्त्र समूहमा जानबाट रोक्न र खोज्न आउनेलाई भ्रममा पार्न नक्कली मृत्यु संस्कार गर्न थालेका हुन् ।
विद्रोही सैनिकमा भर्ती गर्न दबाब दिदै जसले अस्वीकार गर्छ उसलाई नेपाली रुपैयाँ सात लाखसम्म जरिवाना गर्न थालेका छन् ।
जरिवानाबाट बच्न र सन्तानलाई विद्रोही सैनिक बन्नबाट रोक्न अभिभावकले यस्तो चाल चलेका हुन् । नत्र विद्रोही सैनिक आएर घरमा धुइंधुईंती खोज्छन् । Photo: Vice