Logo

महाधिवेशन सर्छ– एनपी साउद, केन्द्रीय सदस्य, नेपाली काँग्रेस



नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद सभापति शेरबहादुर देउवाका निकै नजिकका नेता हुन् । प्रष्ट वक्ता साउदसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको विशेष कार्यक्रम नेपाली खबरमा १२ साउनमा विशेष अन्तवार्ता लिएका छन् ।

अन्तवार्ताका क्रममा साउदले नेपाली काँग्रेसको विधान तोकिएको मितिभन्दा पछाडि सर्ने स्पष्ट पारेका छन् । प्रस्तुत छ साउदसँग धमलाले गरेको कुराकानीको सम्पादित अंशः

  • एन पि साउद जी, कांग्रेसको महाधिवेशनलाई लिएर किनकिचलो छ ?
    नेपाली कांग्रेसको महाधिवेशन चार वर्षभित्र गर्ने विधानमा व्यवस्था छ । र बढीमा चाहि एक वर्ष हामी नेपाली कांग्रेसको विधान बमोजिम थप्न गर्न सक्छौ , नेपालको संविधान अनुसार चाहि पाँच वर्ष ६ महिना सम्मथप्न सक्छौ । अहिले लगभग चार वर्ष पुग्नको लागि ५–६ महिना बाँकी छ । फागुनमा हाम्रो चार बर्ष पुग्छ र फागुन भित्र हामी आवश्यक तयारी गर्दैछौं । संगठनात्मक संरचना क्रियाशील सदस्यताअन्तरीमव्यवस्था गर्ने अन्तरीमव्यवस्थाअनुसार संगठन पुन संरचनाको लागि आवश्यकनिर्वाचन सुरु गर्ने जस्ता तयारी भइरहेको छ । त्यसपछि अधिबेशन समयमा नै हुन्छ । निर्धारित समयमा नै हुन्छ ।
  • हैन समय भनेको कति बर्षभित्र हुन्छ ? आगामाी फागुन भित्र त तपाइकोहरुको अधिवेशन हुदैन एन पी साउदजी ?
    अहिलेको अन्तरिम व्यवस्थाबमोजिम केही नयाँ निर्वाचन पनि गर्नुपर्ने हुँदा फागुन भित्र निर्वाचन सम्भव होला जस्तो लाग्दैन ।
  • त्यसो भए एक बर्ष पार्टी सभापति शेर बहादर देउवाले महाधिवेशनलम्बयाउने प्रस्ताव अगाडी सार्नु भएको छ ?
    बढीमा एक बर्ष भन्नुपर्छ किनभने हामी ६, ७ महिना अन्तरिम व्यवस्थाअन्तर्गत जान्छौ । अन्तरिम व्यवस्था अनुसार नयाँ ठाउँमा निर्वाचन गरिसकेपछि त्यसको ठीक एक बर्ष भित्र अगाडी नै गरिसक्नु पर्दछ । विधानमा के व्यवस्था छ भने नयाँ अधिवेशन केन्द्रिय अधिवेशन गर्नुभन्दा अगाडी स्थानीय तहको पार्टीको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ त्यो व्यवस्था अनुसार हामी काम गर्दछौ ।
  • नेपाली कांग्रेसको महाधिवेशन निष्कर्ष संरचनामा अलमल छ रामचन्द्र पौडेलले भन्नु भएको छ महाधिवेशन गर्ने भनेर मात्रहुदैन कहिले टुङ्गो लगाउने हो ?

विधि र विधान सबै तहको संगठन बनाएर निर्वाचनमा जानुपर्छ । मिती चाहियो कार्य तालिका चाहियो । यो अन्तरिम निर्वाचन गर्ने व्यवस्थाजुन सहमतिमा ल्याइयो जसले गर्दा केही समस्याहरु उत्पन्न भएका छन् । विशेष गरेर दुइ वटा महत्वपूर्ण व्यवस्था रहेको छ एउटा व्यवस्था के छ भने राज्यको पुनः संरचनाको गरेको हुनाले स्थानीयतह, प्रादेशिक तह निमार्ण गरेको हुनाले त्यसको लागि कि अन्तरिम व्यवस्थातयार गरेर पुरानै प्रतिनिधिहरुवाट निर्वाचन गरेर समिति गठन गर्नुपर्दछ भन्ने प्रबन्ध छ । अर्को प्रबन्ध विधानभित्र केन्द्रीय महाधिवेशनको एक वर्ष पूर्व स्थानीयतहको पार्टीको अधिवेशन सम्पन्न गरि सक्नुपर्ने छ । त्यसकारण पार्टीको गाउँ, वडा, नगर तहको निर्वाचन र केन्द्रीय महाधिवेशनको बीचमा एक वर्षको अन्तराल रहनु पर्दछ । अहिले त छ महिनाको समय छ ।

  • शेर बहादुर देउवाले पार्टीको संगठनलाई अस्तव्यस्त बनाइरहनु भएको छ ?
    वास्तवमा पार्टीको संरचनाभित्र एकै महाधिवेशनकालागि केन्द्रिय समितिजिल्ला समिति,क्षेत्र वडा,गाउँ पनिनिर्वाचितभएको हुनाले एकै महाधिबेशनभित्रदुई तीन चोटी निर्वाचन गरि राख्नु पर्ने आवश्यकता छैन । राज्यव्यवस्थामा राज्य संरचना र त्यसलाई समय र आधारमा वा केन्द्रिय समितिको आधारमा जिल्ला समितिले वा क्ष्ोत्रीय समितिले जुनजुनतहमानिर्णय गर्नुपर्ने हो त्यो तहमाहामी निर्णय गरेर संरचनाबनाउन सक्छौ भन्ने पनि पार्टी भित्र बहस छलफल चलेको थियो । प्रजातान्त्रि पार्टी भएकै कारणले निर्वाचनको माध्यमबाट स्थानीय समितिबन्नु पर्छ भन्ने आवाज आयो । त्यो आवाजलाई पार्टी भित्र सहमतिको रुप दिइयो र विधानको व्यवस्था बन्यो र हामीलेअन्तरिम निर्वाचन गर्नुपर्ने भयो पार्टी भित्र , त्यसको लागि २४० वाट १६५ वटा क्षेत्रीय समितिहरु बनेका छन् , त्यसको निर्वाचन गर्नुपर्ने भयो ।चार हजार स्थानीय तहहरु थिए नगरपालिका गाउँपालिका त्यसलाई ७५७ स्थानीय तह बनेका छन् त्यसको निर्वाचन गनुैपर्ने भयो करिब ३६/३७ हजार वडा थिए अहिले आएर करिब ६ हजार बनेका छन् । त्यसको निर्वाचन गर्नुपर्ने भयो यो । सबै विधानमा व्यवस्था रहेको छ । विधानमा मनोनितको प्रावधान राख्नु हुन्न भन्ने धेरै साथीहरुको कुरा आएकोले यसलाई पार्टी भित्र सबै साथीको भावना बुझेर यो प्रवन्ध विधानभित्र राखिएको हो ।
  • एनपि साउदजी, कांग्रेसको विधानमा केके छ भन्ने कुरा सबै जनतालाई थाहा छ अब तपाई यो बताउनुहोस् कि विधानको कुरा गरिरहदा खेरी नियमावलीमा चाहिँ सहमति भयो ?
    नियमावली भित्रव्यापक छलफल र बहस भइसकेपछि केही कुरामा सहमति गदै त्यसलाई लिपिबद्ध गर्नेे प्रयास भएको छ ।
  • त्यसो भए आज भोली नै सहमति हुन्छ कि हुदैन ?
    सहमति हुन्छ यसमा नयाँ कुराहरु पनि आइरहेका छन् विशेष गरी अन्तरीम व्यवस्थाको कुरालाई लिएर पार्टी भित्र व्यापक दुविधा रहेको छ । अन्तरिम व्यवस्थाको कार्यान्वयन गर्ने हो भने अन्तरीम कार्यान्वयनलाई लिएर हामी दुई तीन महिना चाहि नया निर्वाचन गर्न लाग्छ । एक बर्ष अगाडी नै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने हो भने यो त दुइ तीन महिनाको लागि मात्र निर्वाचन गनुपर्ने देखियो । यसको बारेमा के गर्ने भनेर छलफल चलिरहेको छ । हामी टुङ्गोमा पुग्छौ ।
  • त्यसो भए तपाईहरु टुङ्गोमा पुग्नुहुन्छ ? नेताहरु बीच सहमती हुन्छ ? नेताहरु बीचको बिमति टुगिन्छ ?
    नेताहरु बीच सहमती हुन्छ । अधिवेशनलाई लिएर नेपाली कांग्रेसबीच कुनै दुविधा छैन । हामी समयमा अधिवेशन गर्न चाहन्छौ । यथाशिघ्र अधिवेशन गर्न चाहन्छौ र विधानको प्रक्रियाको सम्मान गरेर अधिवेशन गर्न चाहन्छौ ।
  • त्यसो भए तपाईहरुको कांगे्रस पार्टीको अधिवेशनको समय एक वर्ष थपिन्छ ? लम्बिन्छ ? ठ्याक्कै भन्नुस न व्याख्या नगरी भन्नुस् ?
    ठ्याक्क एक वर्ष थपिन्छ भन्न सकिन्न । तर विधानमा के व्यवस्था छ भने केन्द्रीय महाधिवेशन र स्थानीय तहको अधिवेशनको बीचमा एक वर्षको अन्तर हुनुपर्छ भन्ने छ चार वर्ष पुग्नका लागि अहिले ६ महिना मात्र बाँकी छ । त्यो विधानको कार्यान्यनको प्रावधानको लागि पनि ६ महिना ७ महिना त्यसै पनि न्यूनतम रुपमा अगाडी जाने हुन्छ ।
  • त्यसो भए महाधिवेशनमा पनि किचलो हुँदैन ?
    नेपाली कांग्रेसमा हामीले चाहिँ एकताको प्रक्रियाबाटै जानुपर्छ सहमतीकै प्रक्रियाबाट जानुपर्छ भन्ने कुरामा अहिले कुनै दुविधा छैन । दुई तिहाईको बामपन्थी अधिनायकतावादी सरकार अहिलेको अवस्थामा चलिरहेको नेपाली कांग्रेसका कार्यकताहरु गाउँ ठाउँमा बामपन्थीहरुको पेलाई खाएर बसरिहेको अवस्था छ । जनता चाहिँ महँगिको मारमा छ । तपाईले चाहिँ यो कार्यक्रमको सुरुको पृष्ठभुमिमा बोल्दाखेरी पनि कतिपय तथ्यहरु बोलि राख्नुभएको छ ,भण्डाफोर गर्ने काम गरिराख्नु भएको छ । जनताले जान्ने कुरालाई जनताको माझ लैजाने काम गरिराख्नु भएको छ ।
    यी तथ्यहरु तपाईले उठाएका प्रश्नहरु मात्रै होइनन् नेपाली राजनीतिका यर्थाथ हुन अहिलेको सरकाले जसरी काम गरि राखेको छ महँगि एकातिर छ कुशासन अर्को तिर छ । भ्रष्टाचार अर्कोतिर छ यी मुद्दाहरु उठाउनका लागि नेपाली कांग्रेसका कार्यकार्ताहरुको केन्द्रमा मेलमिलाप होस पार्टी एकजुट भएर अगाडी बढोस् । पार्टीले राष्ट्रिय मुद्धाहरुलाई सम्हालोस समातोस जहिले पनि अन्तर बिद्रोहमा र अन्तर बिरोधमा नबरालियोस भनेर पार्टीका साथीहरु चिन्तित छन् । यो चिन्ताले आगमी महाअधिवेशनमा एकताको पक्षमा ठूलो दबाबको काम गर्दछ भन्ने मलाई लागेको छ ।सुन्नुहोस्ः  http://www.radionrn.com/archives/70312


प्रतिक्रिया दिनुहोस्

Screenshot