Logo

प्रधानमन्त्री ओली सिंगापुर जादै, रगतमा समस्या



काठमाडौं १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर आजदैछन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज शनिबार जाँदै छन् । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ । स्वास्थ्य परीक्षण आरामसँगै आरम गर्ने उद्देश्य पनि रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्