Logo

बन्दुक र पेस्तोल सहित दुई किशोर पक्राउ



रुकुम । प्रहरीले रुकुम (पश्चिम), चौरजहारी नगरपालिका तीन स्यालखोलाबाट बन्दुक र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक एक थान र पेस्तोल एक थान सहित बाँके कोहलपुर नगरपालिका एक कौशिलानगर बस्ने १८ वर्षीय गोरे थापा र दैलेख दुल्लु नगरपालिका १२ लम्सु बस्ने ३४ वर्षीय खडक बिकलाई १८ साउनको बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चौरझारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, दाङको बङ्गलाचुली गाउँपालिका चार मुल तापा बस्ने ३० वर्षीय शिब बहादुर बिकलाई कटुवा पेस्तोल एक थान सहित १८ साउन बिहान प्रहरीले पक्राउ गरेको हो । बिकले स्थानिय होटलमा बसेका टिपर चालकहरुलाई मार्छु भन्दै कटुवा पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमिरचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्