Logo

ट्रम्प पत्नीले दुई महिनाको टुहुरोलाई बोकेपछि…



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्प जति सुन्दर छिन् मन उत्तिकै कोमल छ । उनले हालैमात्र एकजना टुहुरोलाई बोकेको तस्वीर सार्वजनिक गरेकी छिन् ।

गत हप्ता टेक्सास राज्यको एलपासोस्थित मेडिकल सेन्टर विश्वविद्यालयमा ज्यान गुमाएकाको जोडीको बच्चालाई उनले बोकेकी हुन् । बन्दुकधारीको आक्रमणको घटनापछि मेलानिया पति डोनाल्ड ट्रम्पका साथमा उक्त विश्वविद्यालयको भ्रमणमा पुगेकी थिइन् । अमेरिकी प्रथम महिला मेलानियाले बोकेको बच्चा २४ वर्षीय जोर्डन अन्कोन्डो र २३ वर्षीया आन्ड्रे अन्कोन्डोको छोरा भएको पुष्टि भएको छ । दुवैले बन्दुकधारीको आक्रमणमा ज्यान गुमाएका थिए ।

जोर्डनले दुई महिनाको बच्चालाई जोगाउने क्रममा ज्यान गुमाएका थिए । गोली चल्दा उनले बच्चालाई बोकेर घोप्टो परेका थिए । बच्चाको ज्यान जोगिएको थियो । जोर्डनको रगत बच्चालाई समेत लागेको थियो । पाँच वर्षीया छोरीलाई छाडेर उनीहरु छोरीको विद्यालयका लागि सामान किन्न पसल गएका थिए । Photo: MSN



प्रतिक्रिया दिनुहोस्

Screenshot