Logo

रवि लामिछाने समर्थकलाई करिश्माले भेडा भन्दा चलेका कलाकारको रविलाई समर्थन



काठमाडौं । रवि लामिछानेका समर्थकलाई भेडाको संज्ञा दिदै नायिका करिश्मा मानन्धरले ट्वीट गरिन् । कुनैबेला रविसँग नजिक थिइन् करिश्मा । दुवै अमेरिकामा ‘लिभिङ टुगेदर’ सम्म रहेको चर्चा चल्यो । तर, तिनै रवि लामिछाने अप्ठ्यारोमा पर्दा करिश्माले असहयोग मात्र गरिनन् विरोध नै गरिन् ।

करिश्माले रवि लामिछानेको समर्थकलाई भेडाको संज्ञा दिइरहँदा धेरै कलाकारहरु लामिछानेको समर्थनमा खुलेरै लागेका छन् । उनलाई हिरासतमा भेट्न समेत पुगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा पुग्नेमा नायिका श्वेता खड्का देखि हाँस्यकलाकार दिपकराज गिरी समेत छन् ।

पत्रकार शालिग्राम पुडासैनीको आत्महत्याको दुरुत्साहनको अभियोगमा रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन् । उनीहरुमध्ये सेलिब्रिटी रवि मात्र चर्चामा छन् । उनलाई छुटाउन दबाब दिनका लागि कलाकारहरु समर्थनमा खुलेरै देखापरेका हुन् । नायक निखिल उप्रती, रमेश उप्रती देखि हाँस्यककलाकार निर्मल शर्मा गैंडा समेत समर्थनमा देखिए । सबैभन्दा अग्रपंक्तिमा दिपकराज गिरी छन् ।

राप्रपा नेता समेत रहेका चलचित्रकर्मी उद्धव पौडेलको ज्वाईँ हुनुले पनि रवि लामिछानेलाई फाइदा पुगेको देखिन्छ । पौडेलकी छोरी निकिता पौडेल चलचित्र विकास बोर्डकी अध्यक्ष समेत थिइन् । अहिले निकिता चितवन पुगेर सक्रियता देखाइरहेकी छिन् । उनलाई धेरै कलाकारले साथ दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्