Logo

प्रहरीले गर्यो विद्यालय सचेतना मुलक कार्यक्रम



मोरङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले सचेतना कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिका वडा नं. १० स्थित सामुदायिक सेवा केन्द्र शान्तीचौकको आयोजनामा अरनिको उच्च माध्यमिक बिद्यालयमा ९ भदौमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानाध्यापक, शिक्षक, शिक्षिका सहित कक्षा १२ मा अध्यनरत छात्र, छात्राहरू, समेत गरी ८७ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक बिश्व अधिकारीले बिद्यार्थीहरूलाई जनचेतना जगाउने उद्देश्यले ट्राफिक सचेतना, साइबर क्राइम र लागू औषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot