Logo

सरकारी गाडीलाई तीजको दिन पशुपति प्रवेशमा रोक, यस्तो छ गाडी चल्न पाउने रुट



काठमाडौ । हरितालिका तीजको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ ।

महाशाखाका अनुसार चक्रपथमा चल्ने यातायात सेवा सुचारु रहने जनाए पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा सवारी आवगमनमा रोक लगाउने सार्वजनिक सुचना जारी गरेको छ ।

सवारी आवागमन निशेष हुन सक्ने स्थानहरुमा चावहिलबाट गौशलातर्फ, पुरानो बानेश्वरबाट गौशलातर्फ,द्वारिका होटलदेखि उत्ततर तर्फका मार्ग,सिफल चौरबाट जयवागेश्वरी तर्फ,लामापोखरी कुटुवहालबाट मित्रपार्क तर्फ,गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ, तिलगंगाबाट गौशला तर्फ, मालवहाक सवारी साधनलाई तिनकुनेबाट सिनामंगल–तिलगंगा तर्फ, जोरपाटी नागायणटारबाट करिडोरबाटो हुँदै आउने मालवहाक सवारी गौरीघाट तर्फ, सिनमंगल पुलबाट करिडोरको मागै हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्वतर्फबाट आउने मालवहाक सवारी साधन चुच्चेपाटीबाट चावहिल तर्फ ।

पशुपति क्षेत्र बिकास कोषले यस पटक सरकारी सवारीलाई दिदै आएको पासको व्यवस्था खारेज गर्दे उक्त क्षेत्रमा प्रवेशमा रोक लगाई सकेको छ ।

कोषले यसपटक उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर र पिङलास्थानबाट भक्तजनलाई मन्दीर प्रवेश व्यवस्था मिलाएको छ । झङकेश्वरीबाट पनि भक्तजनले मन्दीर प्रवेश गर्न पाउने भएका छन भने मन्दीरको पश्चिमद्वारबाट भक्तजनलाई बाहिरिने व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot