Logo

नेविसंघको प्रवक्तामा सेजुवाल नियुक्त



काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् ।

जुम्लाका सेजुवाललाई संघका सभापति दुजाङ शेर्पाले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

सेजुवाल नेविसंघ केन्द्रीय सदस्य छन् । उनी अधिवक्ता समेत पनि हुन् । सेजुवालले नेविसंघको नेपाल ल क्याम्पस इकाइमा रहेर लामो समयदेखि काम गर्दै आएका थिए।

उनले २०७३ सालदेखि गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ ‘कानुनी शिक्षा सुधार अभियान’ को संयोजकत्व गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot