Logo

इंग्लिस प्रिमियर लिगमा शनिबारकाे परिणाम,लिभरपुल अग्रस्थानमा



काठमाडौं, भदौ १५ । चेल्सी पहिलो हाफमा ट्यामी अब्राहामको दुई गोलले अग्र स्थानमा थियो तर कर्ट जाउमाको आफ्नै गोल र दोश्रो हाफको पहिलो मिनेटमै सेफिल्डका क्यालमको रबिन्सनको गाेलले खेललाई बराबरीमा ल्यायाे ।

म्यानचेस्टर सिटीले ब्राइटनलाई ४- ० गोलले पराजित गरेको छ ।
अर्जेन्टिनाको सर्जियाे अगेरोले पहिलो हाफमा दुई गोल गरे भने केभिन डे ब्रुयिनले ६८ सेकेण्ड्समा गाेफ गरेका थिए अनि बर्ननार्डो सिल्भाले १ गोल गरे ।

लिभरपुलले  बर्नलीलाई ३-० गाेल गरेर १०० प्रतिशत जित हासिल गर्न सफल भएको छ । पहिलो चरणको दुई गोलहरु क्रिस वुड र साडियो मानेले गरेका थिए अनि अर्को दोश्रो हाफमा रबर्टो फर्मिनोल एक गोल थपे ।

म्याचकाे परिणाम यसकाे प्रकारकाे रहेकाे छ । 

एष्टन भिल्लाले क्रिष्टल प्यालेससँग   १-०

लिसेस्टरले बर्नमाउथसँग              ३-१

न्युकासलले वार्टफोडसँग              १-१

वेष्टह्याम्सले नर्विचनमाथि               २-०

चेस्ली र सेफिल्ड                         २-२

लिभरपुलले  बर्नलीलाई                ३-०

म्यानचेस्टर सटीले ब्राइटनसँग       ४-०

इंग्लिस प्रिमियर लिगमा लिभरपुल १२ अंकका साथ अग्रस्थानमा छ । सिटी १० अंकका साथ दोस्रो स्थानमा छ ।

आज आइतबारको खेल:

एभर्टन र वाेलभ्स

आर्सनल र टाेटनहाम

 



प्रतिक्रिया दिनुहोस्