Logo

विजयी सुरुवात गरेको नेपाल आज सिरिजको दोस्रो खेल खेल्दै



काठमाडौं, वैशाख १६ । आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

आजको खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो । कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ । यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot