Logo

पीएम कपकै नियति पछ्याउँदै कोशी, लगातार छैटौं खेल हार्दा तेस्रो स्थानमा उक्लियो कर्णाली



काठमाडौं । राजधानीमा जारी वीर गणेशमानसिंह राष्ट्रिय टी-२० क्रिकेटमा कर्णाली प्रदेशले चौथो जित निकालेको छ । आज भएको खेलमा कोशी प्रदेशलाई ५ विकेटले हराउँदै कर्णालीले चौथो जित निकालेको हो ।

यो जितसँगै कर्णाली अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोशीले दिएको ९३ रनको सामान्य लक्ष्य कर्णालीले ६ ।३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि विपीन शाहीले ३८,मनिष थापाले २७ र अर्जुन घर्तीले २५ रन जोडे । बलिङतर्फ कोशीका दीपेश कँडेलले तीन तथा श्रवण यादवले दुई विकेट लिएपनि जितका लागि प्रर्याप्त भएन् ।

कोशीले यस प्रतियोगितामा कुनै पनि जित निकाल्न सकेको छैन् । त्यसो त २ महिना अघि सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा पनि कोशीले लगातार ८ खेलमा पराजय भोगेको थियो । कोशीले अन्तिम खेलमा भने लुम्बिनीलाई हराउँदै सान्तावना जित निकालेको थियो । पीएम कपमा ब्यहोरेको नियती अहिले कोशीले फेरि पनि भोगिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot