Logo

विजेताले दुर्घटनामा मृत खेलाडीलाई गरे समर्पण



काठमाडौँ, भदौ १६ । मृतक साथी एन्थियन हबर्टलाई बेल्जियन ग्रयाण्ड प्रिक्समा प्रथम फर्मुला १ काे विजेता चार्लस लेकरेकले समपर्ण गरे ।शनिबार आयाेजना गरिएकाे फर्मुला २ को प्रतियोगितामा हबर्टले कारलाई १६० माइल प्रति घण्टाको द्रूत गतिमा चलाउँदा दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

फ्रान्सेली हबर्टको कारलाई स्पा फ्राकोच्याम्पसको दौडानले यूवान म्यानुएल कार्रियाको कारले ठक्कर दिएको थियो । तिनीहरु दुवैलाई आपत्कालीन उपचारकर्मीहरुले चिकित्सिक केन्द्रमा लानुभन्दा अघि उपचार गर्न लगेका थिए ।हबर्टले यस प्रतियोगितामा दुई पटक जितेका थिए अनि गत वर्ष फर्मुला तीन च्याम्पियनसिप जितेका थिए ।

“हामीले साथी गुमाएका छौँ । म यो जित उसको नाउँमा समर्पण गर्न चाहन्छु । मेराे पहिलो रेसमा हामीले एकसाथ चलाएका थियौँ तर जे भयो त्यो एकदम दुःखदायी छ । मैले आफ्नाे जितलाई पूर्णरुपले मनाउन सकिरहेको छैन,” लेकरेकले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot