Logo

ज्योति मगरले ऋषि धमलासँग भनिन् -कसम म कुमारी छु



चर्चित गायिका ज्योति मगर आफूलाई हट गायिका भन्छिन् । उनीसँग ऋषि धमलाले तीजको अवसर पारेर नेपाली रेडियो नेटवर्कका लागि नेपाली बहसमा विशेष अन्तवार्ता लिएका छन् ।

तपाईं आफूलाई कस्तो गायिका भन्न रुचाउनुहुन्छ ?
नढाँटी भन्नु पर्दा सेक्सी गायिका
तपाईंको पहिचान भनेको सेक्सी गायिका ?
हर्ट एण्ड सेक्सी यस्तै नै हुन्छ ।
तपाईंको जीवनको उपलब्धी यही हो ?
दर्शक, स्रोतले दिएको चिजलाई हामीले स्वीकार्नुपर्छ । मलाई यो होइन, यसो भन्नुपर्छ भन्ने छैन । कसरी चिन्नुहुन्छ आईएम ओके । ठूलो, सानो, भद्दा जे भएपनि उहाँहरुले दिनुभएको उपहार हो ।
ज्योति मगरले धेरैलाई माया गरेको मन पराएको उदाहरण छन् तर विवाह नै गर्छुभनेर किन हिम्मत नगरेको ?
म यति छिट्टै जेल जीवन बिताउन चाहन्न ।
विवाह ज्योतिको लागि जेल हो ?
मेरो लागि जेल नै हो ।
किन ?
किन भने नेपाली संस्कार संस्कृति अनुसार विवाहपछि घरपरिवारको छँदैछ । सासु, ससुरा, नातागोता, श्रीमान् उसको साथीभाइको बसैको इज्जातको ख्या गर्नुप¥यो । फेरि हाम्रो नेपाली समाज छ त्यसको पनि ख्याल गर्नुप¥यो । यो सारा कुराको ख्याल गर्दा जेल जीवन जत्तिकै हो ।
यो धर्तिमा जन्मिसकेपछि परम्परा धान्ने दायित्व पनि हो नि ?
कतिपय दायित्वहरु यस्ता पनि छन् । सासुको अगाडि स्टक लगाउनु हुँदैन भन्नेखालका वाहियात दायित्वहर पनि विद्यमान छन् । त्यो म पूरा गर्न सक्दिँन ।
तपाईले विवाह गर्नुभयो सासुआमाले टु पिस लगाउन बन्देज गरे के गर्नुहुन्छ ?
त्यस्तो भयो डिभोर्स नै हुन्छ होला मेरो ।
तपाईंको श्रीमानले भन्नुभयो टु पिसमा नहिड्नु के गर्नुहुन्छ यतिबेला ?
सोभैm डिभोर्स गरिदिन्छ ।
तपाईंसँग विवाह गर्ने केटा नेपाल छैनन् है ?
त्यही भएर होला कोही पनि विवाहको कुरा लिएर आउने हिम्मत गरेको छैन । मेरो माग अनुसारको पूरा नभएर अहिलेसम्म कन्या, कुमारी छु ।
ज्योति मगरले कुमारी छु भन्दा कसले पत्याउने ?
लामो हाँसो, तर म खुसी छु ।
नेपाली समाजलाई ढाँट्नुभयो कि ?
ढाँकेको छैन, कसम म विलकुल कुमारी छु ।
कसैले विश्वासै गर्दैनन् त ?
गर्ने नगर्ने अरुको कुरा हो । त्यसको जिम्मा कहाँ लिन सकिन्छ ।
एउटा गीत गाइदिनुस् न ?
‘भन्दिँन म यो तीजमा सुनको बाला चाहिन्छ,
आपूmले यो तीजमा दरखाँदा नि रक्सी खाइन्छ ।’
सार्वजनिक रुपमै मस्तले पिउनुहुन्छ रे नि ?
समाजमा सबै खाएको छ भने खाइदिन्छ । तर, रक्सीबिना बाँच्नै नसक्ने एडिक चाहिं होइन । म मगरको छोरी बुबाले पनि हनिमुन मनाउँदा झ्याप थिए होलान् । बाबुबाट आमातिर जाँदा म पनि झ्याप थिएँ होला ।
गीत गाउँदा झ्याप भएर गाउने हो ?
गीत गाउँदा हुँदैन । साथीभाइहरुसँग गेटटुगेर गर्दा, पार्टी गर्दा मात्रै हो । काममा चाहिं हुँदैन ।
एउटा गीत
‘मेरा पनि आँखा जान्छन् नयाँ–नयाँ चिजमा,
नयाँ सारी किन्नुप¥यो यसपालिको तीजमा,
कस्ती भइछुरे खिचिदेउ एउटा फोटो
ए साउजी लामालामा कपडा बिक्दैनन् देखाउ छोटो–छोटो । ’
‘रानी पुरुष उत्तिकै सम्मानले हो,
मलाई उत्ताउली भन जमानाले हो’
मलाई सेक्सी छ नभन जमानाले हो ।
आपूmले यो तीजमा दरखाँदा नि रक्सी खाइन्छ ।’
खोइन किन–किन यस विषयमा आपैm टेनसनमा छु । मेरो बाबु पनि एकदमै रमाइलो हुनुहुन्थ्यो । बुबालगायत परिवारका सबै रमाइलो गर्ने भएकाले म रोमान्टिक रोभावको भएको होला ।



प्रतिक्रिया दिनुहोस्

Screenshot