![](https://reportersnepal.com/wp-content/uploads/2019/09/bishesh_adalat_Special-Court-1-768x265.jpg)
काठमाडौँ, भदौ २० । जुवातास खेलाउनका खेलाउनका लागि सहज बनाइदिनका लागि प्रहरीलाई घुस दिएको अभियोगमा सल्लाघारीका गंगालाल श्रेष्ठ उपर २० भदौमा विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सुर्य्विनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिहरू समेतलाई नियन्त्रणमा लिई मुद्दा चलाएको थियो ।
श्रेष्ठ धरौटीमा छुटेपछि पुन जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनका लागि प्रहरी कर्मचारीलाई घुसको प्रलोभन देखाएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले भक्तपुर नगरपालिका वडा नम्बर १ बस्न श्रेष्ठलाई प्रहरी कर्मचारीलाई चालीस हजार घुस दिन खोज्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा राष्ट्रसेवक प्रहरी कर्मचारीलाई जुवारतास खेल्न, खेलाउन सहज वातावरण बनाईदिन भनी घुस दिएको प्रमाणका आधारमा गंगालाल श्रेष्ठले भ्रष्टाचार गरेको स – प्रमाण पुष्टि हुन आएकोले उनलाई बिगो चालीस हजार कायम गर घुसर बापत दिएको रकम बिगो चालीस हजार जपत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।