Logo

भरुवा बन्दुक सहित युवक पक्राउ



पर्सा, भदौ २२ । भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका ५ बस्ने दिपेश पाख्रिन रहेका छन् । उनलाई भरुवा बन्दुक एक थान, सो बन्दुकमा लाग्ने कारतुस एक थान र ६ वटा रडको स – साना टुक्रा सहित २० भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरीले साही गाउँपालिका ५ ओरिया पुलमा उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्