Logo

मरेको मान्छे चिहानमा उठे



मृत घोषित युवक चिहानमा गाँड्न लाग्दा उठेपछि अचम्म भएको छ । मोहम्मद फुरकान नामक मृत मानिस लखनऊमा अन्त्येष्टि समारोहभन्दा ठीक अघि उठेका छन् । उनको चिहान खनिएको थियो र उनको लास गाड्न ठिक्क पारिएको थियो ।

२० वर्षीय मोहम्मद फुरकानलाई दुर्घटना भए पछि जून २१ मा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले मृत घोषित गरेको थियो । उनको शव एम्बुलेन्समा राखेर निवासमा लगिएको थियो । जब गाड्नको लागि तयारी गरिरहेका थिए तक मलामी आएका केहीले उनको अंग चलेको चाल पाएका थिए ।

फुर्कनलाई राम मनोहर लोहिया अस्पताल लगियो । त्यहाँ डाक्टरहरूले उनी जिउँदो रहेको पुष्टि गर्दै भेन्टिलेटरमा राखेका थिए । पहिले निजी अस्पतालमा ७ लाख रूपैयाँ तिर्नुपरेको थियो र पैसा नभएको बताउँदासोमबार फुरकानलाई मृत घोषित गरिएको थियो । “बिरामीको अवस्था गम्भीर छ तर मस्तिष्क मरेको छैन । नाडी चलेको छ, रक्तचाप छ र रिफ्लेक्स काम गरिरहेका छ,” फुरकानका चिकित्सकले भने ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot