Logo

साउदी अरबको तेल प्लान्टमाथि आक्रमण



साउदी अरबको तेल प्लान्टमाथि यमनका हुथी विद्रोहीले हमला गरेका छन् । ड्रोनबाट गरेको हमलाका कारण दुईवटा प्लान्टमा आगलागी लागेको छ ।

तेल प्रशोधनको सबैभन्दा ठूलो क्षेत्र अडकैकमा रहेको प्लान्टमा शनिबार हमला भएको हो । साउदीको राज्य नियन्त्रित कम्पनि अरामकोको दुईवटा प्लान्टमाथि क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्लान्टमा भिषण आगलागीपछि साउदीले तेलमा व्यापक कटौती गर्ने भएको छ । घटनापछि ५० लाख ब्यारल कच्चा तेल निर्यात गर्दै आएको साउदीको आपूर्ति आधाले घटेको छ ।

ड्रोन हमलाको जिम्मा यमनका हुथी विद्रोहीले लिएपनि साउदी सरकारले त्यसबारे वृस्तृत जानकारी लिइरहेको जनाएको छ । साउदीले यमनमा हुथी विद्रोहीमाथि आक्रमण गर्दै आएको छ । आजको आक्रमण जवाफमा हुनसक्छ ।-एजेन्सी Photo Source: VOA



प्रतिक्रिया दिनुहोस्

Screenshot