Logo

महिला सुधार केन्द्रको उद्घाटन



काठमाडौं, ३० भदौ । दुर्व्यसनमा लागेका महिलाहरुलाई समयमै आगुऔषध नियन्त्रणका लागि सचेत गराउने उद्धेश्यका साथ महिला आसरा सुधार केन्द्र तिलगंगाको उद्घाटन गरिएको छ । रानीबारीकी अध्यक्ष प्रमिला खनालले उक्त केन्द्रको शाखा महिला आसरा सुधार केन्द्र तिलगंगाको २९ भदौमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् ।

खनालले महिला आसरा सुधार केन्द्रको स्थापनामा सहयोग र्पुयाउने आसरा सुधार केन्द्रकी पूर्व अध्यक्ष शान्ता राणा, नेपाल प्रहरी श्रीमती संघ, प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखा नक्साल र केन्द्रका पदाधिकारीहरूलाई प्रशंसापत्र, कदरपत्र तथा मायाको चिनो प्रदान गरिन् ।

खनालले विगतमा पुरुष तथा युवाहरुमा सीमित रहेको दुर्व्यसन समयसँगै महिला तथा युवतीहरुमा समेत फैलिएर व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्रा्ष्ट्रिय जगत समेतलाई आक्रान्त बनाएको चर्चा समेत गरिन् । उनले लागूऔषध दुरुपयोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम तथा चेतनामूलक कार्यक्रम प्रभावकारी हुने उल्लेख गरिन । यस्ता समस्या समाधान गर्न कानून व्यवसायी र न्यायिक प्रयासको साथसाथै सुधार तथा उपचारको प्रयास हुनुपर्नेमा उनले जोड दिइन् ।

सुधार केन्द्रकी सचिव महिमा शाहले केन्द्रको परिचय तथा स्वागत मन्तव्य राखिन भने केन्द्रकी कोषाध्यक्ष अर्चाना बस्नेतले महिला सुधार केन्द्रको भवन निर्माण मर्मत संम्भार तथा संचालन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सुधार केन्द्रकी पूर्व अध्यक्ष शान्ता राणा, काठमाडौं महानगरपालिका ८ की प्रतिनिधि ईन्दिरा भण्डारी, सामुदायिक सेवा केन्द्र चावहिलका अध्यक्ष उद्ववप्रसाद बडाल, केन्द्रका सल्लाहकार पूर्व स्वस्थ्य सचिव डा. निराकरमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा प्रहरी वरिष्ठ अधिकृतहरु, उक्त केन्द्रका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot