Logo

युवावस्थाको तस्विर भेटेर मोदी मख्ख (फोटोसहित)



भारतीय प्रधानमन्त्री नरेनद्र मोदी आफ्नो युवावस्थाको तस्विर देखेर खुसी भएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा मित्रहरुबाट प्राप्त आफ्नो युवावस्थाको तस्विरलाई ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

गुजरातमा जन्मिएका मोदी हिन्दुवादी राष्ट्रिय कार्यकर्ता संघको सदस्य हुँदै प्रधानमन्त्री बन्न सफल भए । उनी सामान्य परिवारमा जन्मिएर भारतका प्रधानमन्त्री हुनेमध्येमा मोदी पर्दछन् । त्यसले गर्दा पनि उनलाई पुराना दिनहरुको याद आईरहन्छ ।

उनले बहुमूल्य क्षणहरु र विशेष सम्झनाहरुलाई दोहोर्याउँदै आफ्ना मित्रहरुलाई अझै अरु पनि तस्विर भए आफुलाई सेयर गर्न अनुरोध गर्दै तस्विर ट्वीट गरेका छन् ।

 

Photo Source: Narendra Modi Twitter



प्रतिक्रिया दिनुहोस्

Screenshot