Logo

मोदी र सि जिङपिङबीचको समिटमा काश्मिरको विषय महत्वमा नपर्ने



भारत र चीनबीच काश्मिर मुख्य छलफलको विषय नहुने भएको छ । चिनियाँ विदेशमन्त्रालयले मङ्गलबार पत्रकारको प्रश्नमा काश्मिरको विषय मुख्य नहुने स्पष्ट पारको हो ।

भारतका प्रधानममन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच अक्टोबरको दोस्रो साता हुने इन्फरमल समिटमा काश्मिरको विषयमा छलफल हुने नहुनेबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनइङले दुई नेताबीचको बैठकमा काश्मिर मूल विषय नबन्ने बताएकी हुन् । दुई नेताबीचको छलफलमा काश्मिर मुख्य विषय बन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई लाग्दैन यस्तो समिटमा यस्ता विषय मुख्य हुन्छन् ।’ दुई नेतालाई जे विषयमा छलफल गर्न मन लाग्छ गर्ने उनको जवाफ थियो ।

काश्मिर मामलामा चीनले भारतलाई साथ नदिइरहेको विषय उठिरहँदा चिनियाँ विदेश मन्त्रालयको पछिल्लो भनाई सार्वजनिक भएको हो । काश्मिर मामलालाई चीनले समेत गम्भीरताका साथ लिइरहँदा दुई नेताबीच हुने समिटमा यो विषय उठ्ने चर्चा चलिरहेको छ । भारतले काश्मिरलाई दिदै आएको विशेष राज्यको दर्जा खारेज गरेयता क्षेत्रीय राजनीतिमा तनाव बढिरहँदा भारत र चीनका नेताबीच समिट हुन लागेको हो । Photo File



प्रतिक्रिया दिनुहोस्