Logo

वीरगञ्ज नाकामा भारतीय सवारीको चाप घट्दै



पर्सा,१ असोज । भारत सरकारले आफ्नै मुलुकमा सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि नेपाल भित्रिने भारतीय सवारीसाधन घटेदै गएको छ । वीरगञ्जको सडकमा भारतीय नम्बर प्लेटका सवारी साधनको चाप पातलिँदै गएको छ । भारत सरकारले आफ्नो मुलुकमा सवारी साधननको चेकजाँच तथा अनुगमनमा कडाइ गरेपछि त्यसको प्रभाव सीमावर्ती क्षेत्रका बजारहरुमा देखा परेको छ ।

भारतको रक्सौलसँग सीमा जोडिएको मुलुकको प्रमुख प्रवेशद्धार वीरगञ्जका सडकहरुमा भारतीय सवारी साधनको बाक्लै उपस्थिति हुने गरेको थियो तर भारत सरकारले आफ्नो मुलुकमा अनुगमन कडाइ गरेपछि भारतबाट सुविधाको पास लिएर वीरगञ्ज भन्सार नाकाबाट भित्रिने सवारी साधनको सख्यामा कमी आएको हो ।

वीरजञ्ज भन्सार कार्यालयका अनुसार केही दिनअघिसम्म भारतीय सीमावर्ती क्षेत्र रक्सौल लगायत अन्य ठाउँबाट वीरगञ्ज नाका भई सुविधाको पासमा दैनिक २ हजार ५ सयदेखि ३ हजारको हाराहारीमा मोटरसाइकल र चार पाङग्रे सवारी साधन वीरगञ्ज आउने गरेकोमा अहिले लगभग १ हजार ५ सयदेखि २ हजार सवारी साधन भित्रिने गरेका छन् ।
अस्थायी पैठारीमा दिनको ५ सयदेखि ६ सयको हाराहारीमा भारतीय सवारी साधन वीरगञ्ज नाकाबाट भित्रिने गरेकोमा त्यसमा पनि कमी आएको देखिन्छ । हाल लगभग ३ सयदेखि ४ सयको हाराहारीमा भारतीय सवारी साधन भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।

भारत सरकारले सवारी साधन सीमावर्ती क्षेत्रको नजिकको हाटबजारसम्म आउनको लागि एक दिनका लागि सुविधाको पास तोकिएको भन्सार नाकाबाट उपलब्ध गराउने गरेको छ ।

अस्थायी प्रठारीमा आएका भारतीय सवारीसाधन मोटरसाइकलका लागि १ सय ५०,चार पाङ्ग्रे सवारीसाधनका लागि ५ सय र ठूला सवारीसाधनका लागि १ हजार ७ सयका दरले प्रतिदिनको लिने गरेको भन्सार कार्यालयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot