Logo

कागबेनीमा श्राद्ध तथा तर्पण अवरोध हटेकोमा धन्यवाद



काठमाडौं, २ असोज । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले कागबेनीमा श्राद्ध तथा तर्पण अवरोध हटाईएकोमा जिल्ला प्रशासन कार्यालय मुस्ताङलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई धन्यवाद दिएको छ । हिजो बुधबार समितिका महासचिव रोशनजंग बस्नेतको नाममा एक विज्ञप्ती जारी गर्दै समितिले धन्यवाद दिएको हो ।

उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,”विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका प्रमुख संरक्षक एवम् नेपालकै एकमात्र जगदगुरु अनन्त श्री विभुषित जगदगुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्री ज्यूको विशेष आग्रहमा कागवेनी गाउँपालिकाका अध्यक्ष धावा गुरुग, पण्डित बालकृष्ण आचार्य, कागवेनी घाट समितिका पदाधिकारीहरु, हालैको विवादपछि कागवेनी क्षेत्रमा खुरक्षाका लागि खटिनुभएका प्रहरी सहायक निरीक्षक अर्जुन खड्का, र स्थानीयबीच भएको लामो छलफलपछि पवित्र धामको कागवेनीमा श्राद्ध तथा तर्पण गर्न आउने झक्तजनहरुलाई कुनै किसिमको रोकावट एवम् असहज परिस्थिति सिर्जना हुन नदिने सहमति भएको जानकारी प्राप्त भएको छ ।”

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot