Logo

करेला: तितो स्वाद तर मिठो फाइदा



काठमाडौं ८ असोज । खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक हुन्छ । तीतो कतिपयलाई मन नपर्न पनि सक्छ तर करेला तीतो भए पनि महत्त्वपूर्ण औषधि सरह नै भूमिका निर्बाह गर्छ । तीते करेला स्वास्थ्यका लागि निक्कै फाइदाजनक हुन्छ। नियमित करेला सेवन गर्नाले हाम्रो शरीरमा देखिने विभिन्न खालका समस्याबाट हामी बच्न सक्छौ।

करेला सेवनका फाइदाहरु

  • बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।करेलाले पाचन शक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
  • करेला खाने गर्नाले रगत सफा गर्ने मात्र नभएर हेमोग्लोबिनको मात्रा पनि बढाउन मदत गर्छ ।
  • दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
  • कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
  • डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
  • बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।
  • मधुमेहका घरेलु उपचार

    • खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । मधुमेह वंशानुगत छ र शरीर मोटो छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४/५ महिनासम्म खाने ।
    • तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।
    • अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (कली(केसरा) बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।
    • हर्रो, बर्रो, अमला, जिरा, कुटकी, चिराइतो, सुठो, तेजपात, गुर्जो, मेथी, जामुनको भित्रको कडा भाग (गुठली), आँपको बियाँभित्रको गुदी खाने ।
      उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ । सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ ।
    • सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।


प्रतिक्रिया दिनुहोस्

Screenshot