Logo

दुर्लभ दुईमुखे माछा भेटियो



न्यू योर्कस्थित समुन्द्रमा दुईमुखे माछा फेला परेको छ । डेबी गेडेस नाम गरेकी महिलाले उक्त ठाउँमा घुम्न जाने क्रममा माछा फेला पारेकी हुन् । उनलाई माछा अनौठो लागेको कारण भिडियो खिचेकी छिन् ।

दुई मुखे माछालाई तालको ट्राउट भनिन्छ । उनी चडेको ढुङ्गामा अचानक त्यो माछा आइपुग्दा उनी निकै अचम्म परेकी थिइन् । यस्तो प्रकारको माछा पनि छ भन्ने कुरा उनीलाई नदेखेसम्म विश्वास नै भएको थिएन । माछा निकै स्वस्थ र अचम्म लाग्दो थियो ।

उनले माछासँग खिचेको तस्विर भाइरल भएको छ । तस्विर हेर्नेहरु सबै माछालाई देखेर चकित भएका छन् । केही जीववैज्ञानिकहरुले उक्त माछामा आनुवंशिक जन्म दोष भएको कारण दुई मुख भएको अनुमान गरेका छन् । अमेरिकामा पाइने लच नेस दानव पनि केहि यस्तै प्रकारको हुने जनाइएको छ । समुन्द्रमा अझै यस्ता धेरै जीवहरु पाइन्छ जसको खोजी जारी छ ।

Photo Source: ABCNews



प्रतिक्रिया दिनुहोस्