Logo

चरेश सहित महिला पक्राउ



मकवानपुर, १० असोज । अवैध लागुऔषध चरेश सहित प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका १ बस्ने गिता राई रहेकी छिन् । उनलाई हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट पाँच किलो चरेश सहित ९ असोजको बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेकी उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परे पछि उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्

Screenshot