Logo

एघार जुवाडे पक्राउ



ललितपुर,१० असोज । ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ४ नख्खुस्थित चितवन घर भएका अर्जुन सापकोटाको प्याराडाईज ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ६ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नगद ५९ हजार ९ सय ७५ रुपैयाँ र तीन बुक तास सहित ८ असोजको राति प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाईडर बस्ने भिमसेन लहरेको घरमा जुवातास खेलिरहेको अवस्थामा भिमसेन लहरे समेत पाँच जनालाई नगद ६१ हजार २ सय १० रुपैयाँ र चार बुक तास सहित ८ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot