Logo

जबरजस्ती करणी गर्ने पक्राउ



मोरङ, १० असोज । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ४ बस्ने ४१ वर्षीय लोक बहादुर सार्की रहेका छन् । सार्कीलाई ८ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सार्कीले १९ वर्षीया किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको खबर पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot