Logo

जुत्ताभित्र लुकाई  राखेको ब्राउन सुगर सहित पक्राउ



बाँके, १३ असोज । जुत्ताभित्र लुकाई  राखेको ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका ९ बस्ने सन्तोष रेउले रहेका छन् । नेपालगंज उपमहानगरपालिका १५ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा ६ ग्राम ब्राउन सुगरको धुलो पदार्थसहित ११ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंका लागि जाँच गर्दा जुत्ताभित्र लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot