Logo

काठमाडौंबाट निस्कन र फर्कन अब कुनै समस्या छैन-भीम ढकाल, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख



दशैंको बेलामा राजधानी भित्रने र बाहिरिने सवारीसाधनको चाप बढेको छ । यसकारण कतिपय नाकाहरुमा लामो जाम पर्ने गरेको छ । यसै विषयमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालसँग गरिएको कुराकानी

यतिबेला धेरैं गाडीहरु बाहिरिने गर्दछन्, ट्राफिक समस्या कहाँ कहाँ छ ?
केही दिन अगाडि बढी समस्या थियो । अहिले गाडीहरु बाहिरे संख्या ह्वात्तै बढेको अवस्था छ । दशैंमा झण्डै २० लाख हाराहारी मान्छेहरु उपत्यकाबाट बाहिरिने गर्दछन् । त्यो क्रम असोज ५ गतेबाट जब अग्रिम बुकिङ खुल्यो अनि बाहिरिनेको क्रम बढ्न थालेको हो । आजसम्म प्राप्त रिपोर्ट अनुसार दशैंलाई लक्षित गरेर १ ला ४५ हजार ४ सय ४९ जना मानिसहरु बाहिरी सकेका छन् । काठमाडौं आउनेभन्दा बाहिरिने संख्या बढी छ । त्यसले गर्दा पहिलाभन्दा ट्राफिक समस्या धेरै कम छ ।
काठमाडौंमा कम होला तर नागढुंगादेखि धादिङको जाम देख्नुभएको छ ?
त्यो ठाउँमा दुई÷तीन दिन अगाडि ती ठाउँमा अलिकति समस्या आएको हो । विशेष गरी बाटोको कारणले त्यहाँ समस्या देखिएको थियो । त्यही बेलामा पानी धेरै पर्यो । बाटो पनि बनाइरहेका कारणले धादिङको उकालोमा समस्या देखिएको हो । पानी धेरै परेकाले कतिपय गाडीहरु स्लिप खाने, खाल्डामा पर्ने गरेर पनि जाम भएको रहेछ । त्यसलाई हाम्रा भेइकलहरुले तान्ने, पन्छाउने गरेर पनि जामलाई हटाउने काम गरियो । त्यसले एक÷दुई दिन त निकै जाम भएको हो । अस्तिको दिनबाट त्यो समस्या हटिसकेको छ ।
अब नागढुंगाबाट बाहिरिने गाडीलाई समस्या छैन ?
हिजोबाट त्यस्तो केही समस्या छैन । बाटो एकदमै सामान्य अवस्था छ । गजुरीबाट नाकढूंगा आइपुग्न कति समय लाग्ने रहेछ भनेर पनि हामीले हे¥यौं । ठूला भेइकललाई लगभग दुई र सानालाई लगभग एकण्टाको रेसियोमा गाडीहरु आइपुगेका छन् । त्यसलाई नर्मल अवस्था मानिन्छ । अहिलेको भीडमा पनि त्यो स्थिति देखिएको छ । यसले सबै यात्रु महानुभावहरुलाई जानकारी दिन चाहिन्छु । अहिले बाटो नर्मल अवस्थामा छ । तपाईंहरुले कुनै समस्या झेल्नुपर्दैन आनन्दले आफ्नो गन्तव्य तयय गर्नुहोला । बस पार्कबाट बाहिरिने बेलामा पनि हामीले सकेसम्म व्यवस्थित बनाउने भनेर लागिरहेका छौं । उपत्यकाभित्र पनि नर्मल अवस्थामा छ ।
त्यसो भए ट्राफिक जाम कहीं पनि छैन ?
अहिले पहिलाको जस्तो छैन । सामान्य अवस्था छ । हामीले सकेसम्म दिनरात लागेर अहिलेको भीडलाई हेरेर समाधान गरेका छौं । गाडी जाम भयो भनेर चिन्तित हुनुपर्दैन ।
जनताले समान्य ढंगले गाडीहरु चलाउन सक्छन् अब ?
मजाले सक्छन् । भीडभाडले गर्दा त्यस्तो अवरोध आइहाल्यो भने हाम्रो टोली स्टेनवाइ छ । हामीले ठाउँ–ठाउँमा सिभिल प्रहरी र ट्राफिक प्रहरी खटाएका छौं । ¥याकरहरु राखिएको छ । कहीं कतै केही भइहाल्यो भने उद्दारका लागि पनि हामी तयारी अवस्था छौं ।
कोटेश्वरदेखि बनेपा, ध्ुलिखेलको अवस्था के छ ?
हामीलाई जानकारी आए अनुसार बनेपा–धुलिखेको अवस्था पनि ठीक छ । मैले तपाईंसँग कुरा गर्नुभन्दा दुई मिनेट अगाडि मात्रै पनि जानकारी लिएको थिएँ । सबै नर्मल अवस्थामा चलिरहेको उत्तर पाएँ । बाटोको खराबीका कारणले केही समस्या त छन् । यात्रुहरुलाई पनि थाहा छ । बाटोको कारणले कही स्लो त हुन सक्छ । जे–जस्तो बाटो अनि अहिलेको कन्डिसनलाई हेर्दा सालाखाला राम्रै पाएको छ ।
कोटेश्वरमा त धेरै जाम भएको देखिन्छ नि ?
कोटेश्वरको जामलाई हामीले एकदमै ध्यान दिएका छौं । पहिलाको क्युृटाइमलाई घटाएका छौं । दोस्रो उपत्यकाका घुम्ति सेवालाई पनि व्यवस्थित बनाएका छौं । त्यसले कोटेश्वरको जाम घटेको छ । घटस्थापनादेखि स्कुल, कलेजहरु बन्द भएकाले पनि कोटेश्वरको जानम घटेको छ । अब क्रमशः सरकारी अफिसहरु पनि बिदा हुँदै जान्छन् । अनि पब्लिक गाडी मात्रै हुँदा ट्राफिक जाम धेरै कम हुन्छ । अनि उपत्यकाबाट बाहिरिने गाडीहरुलाई पनि धेरै सहज हुन्छ ।
जाममा प्रख्यात चोक छ नि थापाथली त्यसको अवस्था ठीक छ ?
त्यहाँ पनि ठीक छ । पिक आवरमा अलिकति समस्या देखिन्छ । अहिले नर्मल अवस्थामा आइसकेको छ ।
त्यसैगरी बल्खुको अवस्था कस्तो छ ?
बल्खुमा एकदमै सहज बनाइएको छ । अलिकति भीड हुने ठाउँमा हाम्रा टोलीहरु लागेका छन् । त्यहाँबाट फर्पिङ हुँदा बाहिरिने नाकालाई सहजा बनाउन हाम्रो ट्राफिक र जनपथ प्रहरीको टोली दत्तचित्त भएर लागेको छ । नयाँ बसपार्कको अवस्था पनि एदमै ठीक छ । १४ ठाउँमा हामीले यात्रु सहायता कक्ष स्थापना गरेका छौं । कुनै यात्रुलाई समस्या भयो भने उहाँहरुले समाधान हाम्रो टोलीले तुरुन्त समाधान गर्दछ । त्यसरी हामीले जामको समस्या हटाउन लागिरहेका छौं ।
तपाईंलाई थहाँ छ मैतिदेवीमा पनि आधाघण्टा जाममा बस्नुपर्छ नि ?
यो दुई दिन अगाडि त्यो अवस्था थियो । त्यो बेलामा धेरै भेहिकलहरु बाहिरबाट आयो । बाहिरको सामान काठमाडौं ल्याउने र यहाँको सामान बाहिर लाने दृष्टिकोणबाट आएको हो । चाडवाड लक्षित सामान पु¥याउन र जहाँका लान पनि आएको गाडीले गर्दा पनि त्यो समयमा जाम भएको हो । त्यो संख्या फर्किन थालेको छ । त्यसले अब फ्लो धेरै कम छ । काठमाडौंमा दुई÷तीनदेखि शुभकामना आदानप्रदानका कार्यक्रमहरु जहाँतँही भएकाले समस्या देखिएको हो । आजभोलि पूजापाठमा लाग्ने भएकाले पनि खास गरी मैतिदेवी एरियामा भीडभाड देखिएको छ । त्यसलाई मेनेज गर्न हामीले ट्राफिक खटाएका छौं । त्यसलाई व्यवस्थित गर्ने काम भइराखेको छ । चाडबाडको पिक आवर अलिकति हल्का हुँदैछ । त्यसैले हिजो/आजबाट धेरै सहजता महसुस हुँदैछ ।
नक्खुबाट भैंसेपाटी जानेतिर पनि जाम छ नि ?
त्यो ठाउँमा बाटो बनाउँदैछ त्यसैले समस्या देखिएको छ । सहज बनाउन त्यहाँका कमाण्डर लागिरहेका छन् । अबको दिनमा त्यस्तो नहोला आज पनि म त्यहाँको रिपोर्ट लिन्छु । छिनछिनमा कुन ठाउँमा के छ भनेर हामीहरु सञ्चारसेटबाट रिपोर्टहरु लिइरहेका हुन्छौं । १५÷१५ मिनेटमा सबै क्षेत्रको जानकारी मैले लिइरहेको हुन्छु । कहिकतै अप्ठ्यारो भयो भने तत्काल त्यहाँ टोली खटाउने काम हुन्छ ।
लैनचौरमा पनि बेला–बेला लामो समय जाम हुन्छ नि ?
लैनचौरमा पनि धेरै नर्मल भएको छ । दुई÷दिन अगाडि जाम भएकै हो । एकदिन सञ्चय कोष अगाडि सांस्कृतिक कार्यक्रम भएकाले असर गरेको हो । अब त्यस्तो हुँदैन सामान्य अवस्थामा आइसकेको छ ।
कलंकीको जाम पनि अब नर्मल भयो ?
कलंकीमा अन्डरपास रोडले गर्दा धेरै ठीक छ । बाहिरिने गाडीहरुलाई अलिकति समस्या छ । त्यो हुनुको कारण पहिला चार लेनको बाटोबाट जान्छ । अगाडि पुगेपछि दुई लेनमा परिणत हुनुपर्छ त्यसले जाम भएको हो । फेरि थानकोटाबाट उता लागेपछि ठीक छ ।
जावलाखेलतिर पनि जाम हुँदैन ?
हुँदैन । सामान्य अवस्थामा गाडीहरु चलिरहेको छ । जावलाखेलमा कुनै समस्या छैन ।
समग्र रुपमा अहिले ट्राफिक जाम छैन भन्ने तपाईंको निष्कर्ष हो ?
यसमा जाम र क्यू यी दुई फरक कुरा हुन् । जाम भनेको कुनै ठाउँमा पहिरो गएर, रुख ढलेर नबनाए र नपन्छाएसम्म गाडी रोकिने अवस्था हो । क्यू भनेको चाहिं अगाडिको चोकबाट पास हुँदैछौं हामी क्यूमा छौं भनेर बुझिन्छ । अगाडिको गाडी पास हुँदै गर्दा बसिनेलाई क्यू भनिन्छ ।
पुतललीसडक र भृकुटी मण्डपमा पनि जाम छ नि ?
भृकुटी मण्डपमा विभिन्न कार्यक्रमहरुले गर्दा हुने गरेको छ । त्यो कार्यक्रममा वान साइडेड पार्कि छ । केही नअटेको हामीले प्रहरीको भित्र पनि व्यवस्था मिलाउँछौं । हाम्रो ट्राफिक अफिस नजिक भएकाले समस्या पर्ने बित्तिकै हाम्रा टोलीहरु गएर समाधान गर्ने गरेका छन् । भृकुटीमण्डप भित्रै चाहिं कलिकति समस्या देखिएको छ । रिपोर्टर्स क्लब जाने ठाउँमा पनि समस्या देखिएको छ । त्यो देखेर त्यहाँको ट्राफिकलाई मैले भनेको छु । त्यहाँका सेक्युरेटी गार्ड हुँदोरहेछ उसलाई पनि भनेको छु । उनीहरुलाई भित्र गाडी पार्ककिङ गर्दा एक साडमा मात्र राख्नुस् नत्र हामी उठाएर जान्छौं भनेको छु । हामीले निगरानीमा राखेका छौं त्यो ठाउँलाई ।
जथाभावी सडकमा पार्किङ गरेको गाडीहरु हटाउन किन सक्नुहुन्न ?
त्यसरी अनियमित ढंगले सडकमा गाडी पार्किङ गरेको पाइयो भने हामीले तत्काल कारबाही गरेका छौं । दिनमा १६-१७ सय सवारी सधानलाई हामी ट्राफिक नियम उल्लंघन गरेको नाममा कारबाही गरेका छौं । त्यसरी पार्किङ गरेको गाडीमा ह्वीलक लगाउने काम गरेका छौं । हिजो मात्रै काठमाडौंमा डेढ सय सवारी साधनलाई ह्वीलक लगाइयो । त्यसले धेरै कम भएको छ । त्यो क्रम अभैm तिब्र रुपले अगाडि बढाउने छौं । ह्वील लक, ट्रेनलक र कारबाही गर्ने काम गर्छौं । नगरपालिकासँग मिलेर हामीले बस र ट्याक्सीको पार्किङ तोकेका छौं । त्योभन्दा बाहेक भएको पाउनेबित्तिकै कारबाही हुन्छ । म अनुरोध गर्न चाहन्छु हरेक नागरिकले आफ्नो सवारी लिएर निस्किएपछि म यहाँ पार्किङ गर्छु भन्ने एकिन गर्नुहोस् । जथाभावी नगर्नुहोला । त्यस्तो भएको पाइएमा हामीले कारबाही गर्छौं ।
अब जथाभावी सकडमा पार्किङ गरेका गाडीलाई सिल गर्नुहुन्छ ?
त्यसरी जथाभावी पार्किङ गरेको पाउनेबित्तिकै चक्कामा ह्वील लक लगाइदिन्छौं । ह्ुवील लक गाएर स्टिकर टाँसिन्छ त्यसपछि कारबाही हुन्छ ।
सडकमा कसैले पनि गाडी राख्न पाउँदैन ?
पाउँदैन । यसलाई हटाउनका लागि मेनियोल ट्राफिक पनि खटेको छ । अर्को हामीले अफिसमै बसेर सिसि क्यामेरामार्पmत नियालीरहेका हुन्छौं । अर्को ट्राफिकको छातीमा क्यामेरा झुन्ड्याएको हुन्छ । त्यसबाट पनि निगरानी हुन्छ । अर्को जहाँ ट्राफिक छैन त्यहाँ हाम्रो दुईवटा सीसी क्यामेरा भएको भेइकल छ त्यो घमाउँछौं । यसका आधारमा मानिसले अनियमितता गरेर घर गइसकेको हुन्छ । गल्ती गर्नेलाई हामी अफिसमा बोलाउँछौं । उसलाई ती क्यामेराको फुटेज तपाईंले यहाँ–यहाँ गल्ती गर्नुभएको छ भनेर उसलाई देखाउँछौं ।
नयाँवानेश्वर, पुरानोबानेश्वर र चाबहिलमा पनि जाम हुन्छ नि ?
चाबहिलको कुरा गर्नुपर्दा त्यहाँ बाटो निमार्ण भइरहेको छ । खाल्डाखुल्डी छन् त्यसले भेइकलहरु अलिकति रोकियो भने त्यसको अवसर तुरुन्तै परिहाल्छ । त्यसलाई व्यवस्थित गर्न ट्राफिकहरु लागिरहेका छन् । पुरानो बानेश्वर चोकमा साँघुरो भएकाले जाम भएको हो ।
सडक छेउमा ब्यापार गरिरहेका छन् तपाईंहरुको ध्यान किन गएन ?
त्यस्ता पसलहरुलाई हामीले निगरानी गरेका छौं । त्यस्ता पसलहरुलाई म आपूm पनि घुमेर हेरिरहेको छु । पहिला सचेत गराउँछौं अटेर गरेमा कडा कारबाही हुन्छ । नयाँबानेश्वरमा जाम होइन । क्यू बस्नु परेको हो । हामीले सदाको भन्दा क्यूको टाइम घटाएका छौं ।
सिंहदरबारको अवस्था पनि उस्तै छ ?
सिंहदरबारको समस्या माइतीघरको कार्यक्रमले गर्दा । जति आन्दोलनकारी छन् सबै माइती घर जान्छन् । त्यसले सिंह दरबार अगाडि जाम देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot